सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह
गोरखापत्र अनलाइन ,
कार्तिक २९, २०७६ शुक्रबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गर्नुभएको छ । मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले सबै कर्मचारीलाई सुरक्षित गराउन ल्याइएको कोषमा सबै सहकारीलाई आबद्ध हुन आग्रह गर्नुभएको हो ।