logo
२०८१ मंसिर ११ मंगलवार



आलम विरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश आजै आउने

राष्ट्रिय |


आलम विरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आदेश आजै आउने


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २९ गते । रौतहटको फरदवामा बम विष्फोट, ज्यान मार्ने उद्योग र कत्र्तब्य ज्यान सम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ । उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ पर्नुभएका काँग्रेस नेता एवम् पूर्व मन्त्री आफताब आलम विरुद्धको थुनछेक बहस जिल्ला अदालत रौतहटमा पछिल्लो आठ दिन यता चल्दै आएको थियो ।
थुनछेक बहसमा आलम पक्षका कानून व्यवसायीको बहस सकिएपछि आलम र जाहेरी दिनुहुने श्री नारायण सिंहसँग न्यायधिशले घटनाबारे सोधपूछ गर्नुभएको छ । न्यायधिश दिपक ढकालको इजलासले उक्त घटनामा आलमलाई थुनामा राख्ने÷नराख्ने सम्बन्धमा आजै आदेश गर्ने अदालत स्रोतले जनाएको छ । २०६४ चैत्र २७ गते रौतहटको फरदवामा बम विष्फोट भएको थियो । उक्त घटनामा सरकारी वकिललको कार्यालय कात्तिक १८ गते जिल्ला अदालत रौतहटमा सजायको माग दाबीसहित मुद्दा दत्र्ता गराएको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?