रानीपाेखरीमा रहेकाे बालगोपालेश्वर दर्शनको व्यवस्था
रासस
कार्तिक १०, २०७६ आईतवार
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भाइटीकाका दिन यहाँको रानी पोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको छ ।
भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काम ६० प्रतिशत मात्रै भएकाले यस वर्ष पनि सर्वसाधारणले मन्दिर प्रवेश गरी दर्शन गर्न पाउने छैनन् ।