जीवनोपयोगी शिक्षातर्फ अगाडी बढ्यौ - शिक्षामन्त्री पोखरेल
गोरखापत्र अनलाइन ,
कार्तिक १४, २०७६ बिहीबार
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अबको शिक्षा विगतजस्तो सामान्य शिक्षा नभई जीवनोपयोगी शिक्षा दिने गरी कामलाई अगाडी बढाएको बताउनुभएको छ ।
छठपर्वको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहँुदै उहाँले अबको शिक्षा रोजगारमूलक, सिपमूलक, उत्पादनमूलक र जीवनसँग गाँसिएको जीवनोपयोगी हुने बताउनुभयो ।