पोषण सम्मेलनमा नेपालले आफ्नो सफलता सुनाउने
रासस
कार्तिक ११, २०७६ सोमबार
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन, २७ प्रतिशतमा कम तौल, १० प्रतिशतमा ख्याउटे समस्या छ । पाँच वर्षमुनिका बालबालिका अधिक तौल र मोटोपन भएका १.२ प्रतिशत, प्रजनन उमेरका महिला अधिक तौल र मोटोपन भएका २२ प्रतिशत तथा सोही उमेरका महिला दुब्लोपन भएका १७ प्रतिशत छन् ।