समझदारीका २० बुँदा, रेलदेखि सुरुङ मार्गसम्म
गोरखापत्र अनलाइन ,
आश्विन २६, २०७६ आईतवार
चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणमा नेपाल र चीनबीच विविध २० वटा क्षेत्रमा समझदारी एवम् सहमति भएको छ । प्रधानमन्त्री के पी शर्मा ओली र चिनियाँ राष्ट्रपति सीको उपस्थितिमा दुवै देशका मन्त्री तथा अधिकारीहरुले सहमति एवम् समझदारी पत्रहरू आदान प्रदान गर्नुभयो ।