उपनिर्वाचनका लागि उम्मेदवारको नाम पठाउन निर्देशन, संगठन विभागमा थप
गोरखापत्र अनलाइन ,
आश्विन २९, २०७६ बुधबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उप निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला तथा प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।धानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको नेकपाको सचिवालय बैठकले कात्तिक १० गतेभित्र कम्तिमा तीन जनाको नाम सिफारिश गर्न निर्देशन दिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।