समानताको आधारमा समाजवादी पार्टीसँग एकता हुनसक्छ - नेता महतो
रासस
आश्विन ८, २०७६ बुधबार
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताउनुभएको छ ।
जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताउनुभयो ।