बिरामीको सास्ती, न एम्बुलेन्स : न एक्सरे
गोरखापत्र अनलाइन ,
आश्विन ११, २०७६ शनिबार
जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत असारमै बिग्रिएर नेपालगञ्जस्थित मर्मत केन्द्रमा राखिएको भएपनि बजेट नहुँदा मर्मत गर्न नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो ।