दशैँका लागि सीमामा थप ‘हेल्प डेस्क’
गोरखापत्र अनलाइन ,
आश्विन ७, २०७६ मंगलवार
दशैँ, तिहार, छठजस्ता महत्त्वपूर्ण चाडपर्वमा विदेशबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नागरिकको सहायताका लागि सीमानाकामा थप ‘हेल्प डेस्क’ स्थापना गरिने भएको छ । नागरिकको सहायता, सुरक्षा व्यवस्थाका लागि थप हेल्प डेस्क राख्न लागिएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिनुभयो ।