सांसद बस्नेत आफैँ टोलटोलमा औषधि छर्कदै
मध्यपुरथिमि नगरपालिका–६ स्थित कमेरोटारका छ सामुदायिक संस्थालाई आज डेङ्गु नियन्त्रणसम्बन्धी औषधिसहित उपकरण हस्तान्तरण गरिएको छ ।
एकसय ४४ वर्ष बाँचेका माँझीको गाउँसम्म पिच हुने
सुनसरीको इटहरीमा एकसय ४४ वर्षसम्म बाँचेर इतिहास बनाउनुभएका वीरनारायण माँझीको गाउँसम्म पिच बाटो पुग्ने भएको छ । इटहरी उपमहानगरको बहुवर्षे गौरवको योजना अनुरुप इटहरी ११ भुसकलुवादेखि वीरनारायण माँझीको घर रहेको इटहरी १० आमझोंगीसम्म पिच पुग्ने वीरनारायण मार्ग सडकको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले शिल्यान्यास गर्नुभयो ।
दुई विधेयक विधायन समितिमा
बैठकले ‘सेफगार्ड्स, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ तथा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक, २०७५’ लाई विधायन व्यवस्थापन समितिमा पठाएको हो ।
भारतीय बस दुर्घटनामा २७ यात्रु घाइते
मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
एमबीबीएसको प्रवेश परीक्षा लिने बाटो खुला
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका चिकित्सा शिक्षा अध्ययन संस्थानको स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षा लिने कानुनी बाटो खोलिदिएको छ । अदालतको अन्तरकालीन अन्तरिम आदेशका कारण भदौ २१ गतेको प्रवेश परीक्षा रोकिएको थियो ।