चीन र भारत विश्वासिला विकास साझेदारः मन्त्री ज्ञवाली
रासस
भाद्र २७, २०७६ शुक्रबार
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन र भारत नेपालका विश्वाशिला विकास साझेदार बन्दै गएको बताउनुभएको छ । प्रेस सङ्गठन नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नेपालसँग अन्तरदेशीय सम्बन्ध सुमधुर बन्दै जाँदा दुबै छिमेकी देशको नेपालप्रतिको रुचि र आकर्षण पनि बढ्दै गएको बताउनुभयो ।