सुकुम्वासी र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने - मन्त्री अर्याल
रासस
भाद्र २८, २०७६ शनिबार
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सुकुम्वासी र अव्यवस्थित बसोबास समस्या समाधान गर्ने बताउनुभएको छ ।
जिल्ला सहकारी सङ्घ लिमिटेड मोरङको आज यहाँ आयोजित भवन उद्घाटन एवं सम्मान कार्यक्रममा उहाँले सरकारले ल्याउन लागेको भूमि ऐनबाट यो समस्या दीर्घकालीनरूपमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।