पाँच जिल्लामा शून्य सङ्क्रमित, दुई जिल्लामा पाँच सयभन्दा बढी
गोरखापत्र अनलाइन
मंसिर २९, २०७८ बुधबार
नेपालमा शून्य सङ्क्रमित भएका जिल्ला पाँच पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र बाजुरा गरि पाँच जिल्लामा शुन्य सङ्क्रमित भएका छन् । नेपालमा ५ हजार ६८९ जना सक्रिय सङ्क्रमित छन् । जसमा होम आईसोलेसनमा पाँच हजार ३८६, संस्थागत आईसोलेसनमा रहेका सङ्ख्या ३०३ , आईसीयुमा रहेको सङ्ख्या १२० र भेन्टिलेटरमा २७ जना रहेको मन्त्रालयले जनाएको छ।