अवाञ्छित गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी
रासस
पुष १, २०७८ बिहीबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा अवाञ्छित गतिविधि गर्नेलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
एकीकृत वैदेशिक रोजगार व्यवसायी सङ्गठन, नेपालका पदाधिकारीबाट बुधबार अपराह्न ज्ञापनपत्र लिएपछि उहाँले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन व्यवसायीको सहयोग अपरिहार्य भएको बताउनुभयो । मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि...