जनगणना : प्रारम्भिक नतिजामा ‘कुटी, गुञ्जी र नाभी’ पनि समेटिने
रासस
मंसिर १४, २०७८ मंगलवार
राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ ।
तथ्याङ्क विभागले औपचारिक रुपमा कार्य क्षेत्र मै पुगेर जनगणना गर्न नसके पनि वैकल्पिक विधिको प्रयोग गरेर ती तीन क्षेत्रका घरधुरी र जनसाङ्ख्यिक विवरण समेटेर प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले मूल गणना कार्यमा...