कोशी सम्झौताबारेकाे सम्मेलनका लागि विहार सरकारलाई आमन्त्रण पत्र
गोरखापत्र अनलाइन
मंसिर १०, २०७८ शुक्रबार
सुनसरीको कोशी गाउँपालिकामा कोशी सम्झौताको बारेमा विहार सरकारको उपस्थितिमा सम्मेलन गर्ने भएको छ । कोशी गाउँपालिकामा कोशी सम्झौता यता भएको कामकार्वाही, लाभहानी, पहुँचका बारेमा जानकारी आदानप्रदान गर्ने गरी विहार सरकारको उपस्थितिमा जनवरीको पहिलो हप्ता कोशी सम्मेलन गर्ने भएको छ ।