logo
२०८१ मंसिर १३ बिहीवार



समाजवादसम्म पुग्न दलहरुबीच सहकार्य आवश्यक छः नेता पोखरेल

राष्ट्रिय |


समाजवादसम्म पुग्न दलहरुबीच सहकार्य आवश्यक छः नेता पोखरेल


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १० गते । नेकपा (एमाओवादी केन्द्र) का नेता लीलामणी पोखरेलले द्वन्द्वविना विकास सम्भव नरहेको बताउनुभएको छ । द्वन्द्वविना सामाजिक गतिविधि मरितुल्य हुने उहाँले चर्चा गर्नुभयो ।

चितवनको भरतपुरमा आयोजित एमालेको दशौं महाधिवेशनको उदघाटनसत्रमा आज पार्टीको तर्फबाट सम्बोधन गर्नुहुँदै नेता पोखरेलले सो कुरा बताउनुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट आफूले प्रतिनिधित्व गरेको जानकारी दिनुहुँदै नेता पोखरेलले भन्नुभयो, “हामीले युद्ध र आन्दोलनको उपलब्धी संस्थागत गर्नेक्रममा छौं ।”

आज कतिपय विषय जितेकोजस्तो देखिए पनि अलमलिएको चर्चा गर्नुहुँदै नेता पोखरेलले एक्लै कुनै दलले समाजवादको लक्ष्य प्राप्त गर्न नसक्ने बताउनुभयो । दलका नेताहरु सँगसँगै अघि बढेर मुलुकमा समाजवाद ल्याउनुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो ।

जतिसुकै मतभेद र तिक्तता भएपनि राष्ट्र निर्माणका लागि दलीय सहकार्य आवश्यक रहेको चर्चा गर्नुहुँदै नेता पोखरेलले विचार र व्यवकारको सन्तुलनको खाँचो रहेको बताउनुभयो । कम्युनिष्ट आन्दोलन अघि बढाउन कम्युनिष्ट दलको ध्रुवीकृत र एकताको खाँचो उहाँले औल्याउनुभयो । नेता पोखरेलले महाधिवेशनको उच्च सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?