सर्वोच्चमा आज पेशी तोकिएको २८४ मुद्दामध्ये २१४ ‘हेर्न नभ्याइने’ सूचीमा
गोरखापत्र अनलाइन
मंसिर ९, २०७८ बिहीबार
सर्वोच्च अदालतमा आज २१४ मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा रखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बिहीबारका लागि दुई पूर्ण, दुई एकल र पाँच संयुक्त इजलासमा २८४ मुद्दामा पेशी तोकिएको थियो । पेशी तोकिएको मुद्दामध्ये नौ मुद्दामा फैसला, पाँचमा आदेशर २१४ हेर्न नभ्याइने सूचीमा राखिएको सर्वोच्चले जनाएको छ ।