एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन
गोरखापत्र अनलाइन
मंसिर ९, २०७८ बिहीबार
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को महाधिवेशनमा १५ सय बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । यही मङ्सिर १० देखि १२ सम्म चितवनको सौराहामा हुनलागेको एमालेको १०औँ महाधिवेशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी झन्डै एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुनेछन् ।