logo
२०८१ मंसिर १३ बिहीवार



नेपाल बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै

राष्ट्रिय |


नेपाल बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दै


काठमाडौं, मङ्सिर ९ गते । नेपाल बार एशोसिएसनले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्दैछ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बिहीबार दिउँसो २ बजे सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास गर्न लागेको जानकारी दिनुभयो ।

मार्चपासमा नागरिक समाजका सदस्यहरु पनि संलग्न रहने उहाँले बताउनुभयो ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिइरहेको बारले आज मार्चपास गर्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?