शिक्षक र कर्मचारी दलको प्रतिनिधि भए आयोगले विवरण अद्यावधि नगर्ने
गोरखापत्र अनलाइन
मंसिर ७, २०७८ मंगलवार
निर्वाचन आयोगले बहालमा रहेका शिक्षक, कर्मचारी र प्राध्यापक दलको महाधिवेशन प्रतिनिधि चयन भएको भन्दै आपत्ति जनाएको छ । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार बहालवाला शिक्षक, कर्मचारी र प्राध्यापक राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्थालाई प्रष्ट उल्लेख गरेको भन्दै आयोगले यस्तो जनाएको हो ।