शिक्षामन्त्री र जर्मनीका राजदूतबीच भेटवार्ता
गोरखापत्र अनलाइन
मंसिर ७, २०७८ मंगलवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र जर्मनका राजदूत डा. थोमस प्रिन्जबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच विज्ञान तथा प्रविधिको विकास, वातावरणीय असन्तुलन, नविकरणीय ऊर्जाको विकास एवम् उत्पादनको विषयमा छलफल भएको हो ।