बौद्ध जोरपाटी क्षेत्रमा मनाइयो चामुण्डा रथयात्रा
रासस
चैत्र २७, २०७८ आइतवार
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा मनाइने ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषले प्रत्येक वर्षको चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँका दिन गोकर्णेश्वरको जोरपाटी र काठमाडौँ महानगरपालिका–६ बौद्ध क्षेत्रमा रक्तविनायक, महाँकाल भैरव र चामुण्डा देवीको रथयात्रा गर्ने परम्परा छ । देवीको रथयात्रा गरेमा यस क्षेत्रमा सुख, शान्ति कायम हुने, देवीले रक्षा गर्ने...