भक्तपुरका शिवालयमा भक्तजनको घुइँचो
रासस
फाल्गुन १७, २०७८ मंगलवार
महाशिवरात्रिको अवसरमा आज बिहानैदेखि भक्तपुरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ । महाशिवरात्रिका दिन महादेवको विशेष पूजा गर्ने परम्पराअनुसार भक्तपुरका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, यातु महादेव, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, चित्तापोलस्थित कैलाशकुट महादेव र भक्तपुर नगरस्थित दत्तात्रय मन्दिरका साथै विभिन्न शिवालयमा दर्शनार्थीको घुइँचो लागेको हो ।
शिवरात्रिको दिन बिहानै...