logo
२०८१ बैशाख १७ सोमवार



लोपोन्मुख झागड समुदायको संस्कृति प्रवद्र्धन अभियान

खुला |
प्रदेश |
समाज |


लोपोन्मुख झागड समुदायको संस्कृति प्रवद्र्धन अभियान


दिपकप्रसाद गौतम
वीरगञ्ज, फागुन १६ गते । लोपोन्मुख जातिको रुपमा सूचिकृत तराईमा बसोवास गर्ने झागड जातिको संस्कृति प्रर्बद्धन अभियान सुरु गरिएको छ । ‘हाम्रो संस्कृति हाम्रो अभियान, झागड समुदायको संस्कृति प्रबद्र्धनमा युवाको अभियान’ नाराकोसाथ वीरगञ्ज महानगरपालिका, एसियन फर पिस रिसर्च एण्ड डेभलम्पमेन्ट, शान्ति मेलमिलाप केन्दले संयुक्त रुपमा झागड जातिको सस्कृति प्रर्बद्धन गर्ने अभियान सुरु गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका ३१ सोलखपुरमा सोमबार आयोजित कार्यक्रममा झागड समुदायको भेषभुषा, संस्कृति र परम्परागत झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो । अल्पसंख्यक् पिछडिएको जनजातिको रुपमा रहेको लोपोन्मुख झागड समुदाय वीरगञ्ज महानगरपालिका ३१ र ३२ मा बसोवास छ । त्यस्तै, पर्साको पर्सागढी नगरपालिका, सखुवा प्रसौनी, पर्टेवा सुगौली गाँउपालिकामा समुदायका मानिस बसोवास गर्छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले कार्यक्रमको उदघाटन गर्दै लोपोन्मुख जातिको धर्म, संस्कृतिलाई संरक्षण गर्दै विश्वमाझ आफ्नो मौलिक प्रस्तुति देखाउन सके पर्यटनलाई आकर्षित गर्दै आयआर्जन समेत हुने बताउनुभयो ।

वक्ताहरुले लोपोन्मुख झागड समुदायको संस्कृति, परम्पराको संरक्षण गर्दै नेतृत्व तथा क्षमता विकासका लागि आर्थिक, सामाजिक र राजनैतिक सशक्तिकरणको आवश्यकता रहेको बताउनुभएको थियो । कार्यक्रम शान्ति मेलमिलाप स्रोत केन्द्र पर्साका अध्यक्ष रमाकान्त चौधरीको सभापतित्वमा भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?