६ करोड २१ लाखमा बुद्ध पार्क निमार्ण
गोरखापत्र अनलाइन
चैत्र २४, २०७८ बिहीबार
चौतारा साँगचोकगढी नगरपालिका–६ टयाँकी डाँडामा ६ करोड २१ लाख ५३ हजारमा ६७ फिट अग्लो बुद्ध पार्क निमार्ण भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले उक्त बुद्ध पार्कको उद्घाटन गर्नु भएको छ ।
उक्त बुद्धपार्कबाट जुगल हिमाल, काभ्रेकाे पाल्चोक मन्दिर, शिवपुरी क्षेत्र, धुलिखेल, नगरकोट देख्न सकिन्छ । आन्तरिक र बाह्रय पर्यटकलाई भित्र्याउन उक्त बुद्ध पार्क निमार्ण गरिएको सो नगरका मेयर अमानसिंह तामाङले जानकारी दिनुभयो ।