सुनसरीमा पाँचदलीय गठबन्धनले वडा तहदेखि चुनावी तालमेल गर्ने
गोरखापत्र अनलाइन
चैत्र २४, २०७८ बिहीबार
सुनसरीमा सत्तारुढ पाँचदलीय गठबन्धनले वडा तहदेखि नै चुनावी तालमेल गर्ने गरी कार्यदल गठन गरेको छ । जिल्लामा तालमेलको निर्णय गर्न नेपाली काँग्रेस सचिव वीरेन्द्र साह, नेकपा माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो, नेकपा एकीकृत समाजवादीका सचिव वसन्त सुवेदी, जनता समाजवादी पार्टीका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारी रहनुभएको कार्यदल गठन गरेको हो ।