logo
२०८१ मंसिर ७ शुक्रवार



बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

खुला |


बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
सांकेतिक तस्बिर


काठमाडौं, चैत्र २४ गते । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–८ बाँनियाटार बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–३ ठेगाना भएका ३१ वर्षीय राजु भण्डारी र काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्ने झापा गौरादह नगरपालिका–५ ठेगाना भएका ५० वर्षीय उपेन्द्र प्रसाद ढुंगाना रहेका छन् ।

भण्डारीलाई उच्च अदालत पाटन ललितपुरको २०७८ वैशाख २९ गतेको फैसलाले सात लाख दुई हजार पाँच सय रुपियाँ जरिवाना ठहर भएको तथा ढुंगानालाई उच्च अदालत विराटनगर, ईलाम इजालसबाट बैंकिङ कसूर मुद्दामा २०७८ पुस २२ गते पक्राउ अनुमति जारी भएको थियो ।

राजुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ भने उपेन्द्रलाई आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय दमक पठाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?