करेन्ट लागेर सर्लाहीमा एक मजदुरको मृत्यु, एक घाइते
गोरखापत्र अनलाइन
माघ २९, २०७८ शनिबार
सर्लाहीको बागमती नगरपालिका–२, धरहरामा शनिबार करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
शनिबार बिहान १०ः३० बजेतिर धरहराका स्थानीय कुमार परियारको घरको छत ढलानको लागि रड सेटिङ गर्ने क्रममा बिजुलीको तारमा रडले छुदा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।