मुसहर समुदायले मागे जिविकोपार्जनका लागि सीप र ज्ञान
गोरखापत्र अनलाइन
माघ २९, २०७८ शनिबार
उदयपुरको त्रियुगा नगरपालिकाका मुसहर समुदायले जीविकोपार्जनका लागि ब्यवसायिक सीप र ज्ञान माग गरेका छन् । उनीहरुले पेशा परिवर्तन गरी शिक्षा, स्वास्थ्य लगायत जिविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले नगरपालिकाले आयोजना गरेको अन्तरक्रियामा यस्तो माग राखेका हुन् ।