logo
२०८१ जेष्ठ ५ शनिवार



काभ्रेभीरमा दैनिक ४ घण्टा सडक बन्द हुने

खुला |
प्रदेश |


काभ्रेभीरमा दैनिक ४ घण्टा सडक बन्द हुने
फाइल तस्विर


अमृतप्रसाद पौडेल
बेनी, माघ २९ गते । हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक सञ्जाल बेनी–जोमसोम सडकखण्ड फागुन १ गतेदेखि १५ दिनसम्म दैनिक ४ घण्टा बन्द हुने भएको छ । बेनी–जोमसोम–कोरला सडक अन्तर्गतको बेनी–जोमसोम खण्डको काभ्रेभीर क्षेत्रमा विष्फोटक पदार्थको प्रयोग गरेर सडक फराकिलो गर्नुपर्ने भएकाले दैनिक रुपमा बिहान १० देखि दिउँसो २ बजेसम्म सडक बन्द गरिने भएको हो ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार सो सडक खण्डमा विस्फाेटक पदार्थ प्रयोग गरेर चट्टान काट्नुपर्ने भएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिलो चरणमा १५ दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

राष्ट्रिय महत्वको बेनी–जोमसोम–कोरला सडक अन्तर्गतको क्षेत्रमा सडक विस्तारका लागि अहिले पनि काम भइरहेकाले सो क्षेत्रमा यात्रा गर्दा यात्रुलाई पनि असहज हुने र काम पनि राम्रोसँग गर्न नपाएको भन्दै सडक बन्द गरेर काम अगाडि बढाउने निर्णय भएको सहायक प्रजिअ ढकालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?