मृतकको संख्या सात, हेलिकोप्टरबाट उद्धार, चालकले मदिरा पिएका थिए
गोरखापत्र अनलाइन ,
माघ ७, २०७६ मंगलवार
धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ८ मैदीभञ्ज्याङमा ढोला मण्डली माइको मन्दिरबाट फर्किएका यात्रु चढेको आइचर गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा तीन जनाको घटनास्थल र चार जनाको अस्पतालमा मृत्यु भएको हो ।