सफा र बुटिक विमानस्थल
गोरखापत्र अनलाइन ,
माघ ६, २०७६ सोमबार
गत बिहीबार थाइल्याण्डबाट आउनुभएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेर्नुभयो । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैँडामा उहाँको आँखा पुग्यो । “बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो”, उहाँले भन्नुभयो । “किन रु”, सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोध्नुभयो । उहाँको जवाफ थियो, “हाम्रो देश नेपाल र हाम्रो संस्कार र सम्पदा झल्किने मूर्ति र वस्तुहरु देखियो, आफ्नै...