वाद्ययन्त्र जगेर्नामा सक्रिय हरिलाल
यलु जोशी
माघ ५, २०७६ आईतवार
आधुनिक र परम्परागत वाद्ययन्त्र जगेर्ना गरिराख्नुभएका हरिलाल नेपाली कुलुले आफैमा नेपाली सङ्गीतको इतिहास बोक्नुभएको छ । सात पुस्तादेखि नेपाली प्राचीन वाद्ययन्त्र जगेर्ना गरिराख्नुभएको उहाँको पाटन, सौगल टोलमा रहेको ‘नेपाली सांस्कृतिक बाजा उद्योग’ सङ्गीत सङ्ग्रहालय छ ।