स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावहमा समस्या
रासस
मंसिर २३, २०७६ सोमबार
जिल्लाको पूर्वी भागमा अवस्थित दुर्गम क्षेत्रमा पर्ने निस्दी गाउँपालिका–३ झिरुवामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको रु दुई करोडको लागतमा दुईतले १६ कोठासहितको नयाँ भवन निर्माण सम्पन्न भएको हो । विसं २०७३ मा शिलान्यास भएको भवन बनेपछि स्थानीयमा खुशियाली छाएको छ ।