logo
२०८२ भाद्र १० मंगलवार



बम निस्क्रिय गरियो

खुला |


बम निस्क्रिय गरियो
सांकेतिक तस्बिर


जलेश्वर, मंसिर २३ गते । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ ।

आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान साढे १० बजेतिर नेपाली सेनाको बम टोलीले निस्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

नेपाली सेनाको रणभीम गणको टोलीले चौरमा ल्याएर सो ठाउँमा खाल्डो खनेर, चारैतिरबाट बोरामा बालुवा राखी घेरेर सुरक्षितपूर्वक निस्क्रिय गरेको तथा कुनै पनि मानविय र भौतिक क्षति नभएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?