हिउँले बाटो अबरुद्ध भएपछि साईपाल गाउँपालिकामा खाद्यान्न अभाब
गोरखापत्र अनलाइन
माघ २३, २०७८ आइतवार
बिहिबार र सुक्रबार भएको हिमपातका कारण चिनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको साईपाल गाउँपालिका जाने बाटो अबरुद्ध भएपछि गाउँपालिकामा खाद्यान्न अभाब भएको छ । सडक सञ्जाल समेत नजोडिएको गाउँपालिका जाने एक मात्र घोरेटो साइपाल गाउँपालिकाको नाग्नाको लेक (रस्या) लगायत बिभिन्न ठाउँमा बाटो अबरुद्ध भएपछि खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य बस्तुहरु अभाव भएको हो ।