चिसो र शितलहरबाट पीडित नेटुवा समुदायलाई सहयोग प्रदान
गोरखापत्र अनलाइन
माघ २४, २०७८ सोमबार
बढ्दो चिसो र शितलहरबाट पीडित कपिलबस्तुका नेटुवा समुदायलाई राहत सामग्री प्रदान गरिएको छ । सो सामग्री जिल्ला विपद् व्यवस्थापन समितिद्वारा प्रदान गरिएको हो । जिल्लाको शुद्धोधन गाँउपालिका र मायादेवी गाँउपालिकामा बसोबास गर्ने ५२ जना घर परिवारलाई जुत्ता, ज्याकेट, ट्राउजर, महिलाको कपडा लगायत न्यानो लुगा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो । चिसोले नेटुवा समुदायको दैनिकीमा समस्या परेको गुनासो...