सडक कार्यालयका तत्कालिन प्रमुख र चार कर्मचारी विरुद्ध मुद्दा
गोरखापत्र अनलाइन ,
मंसिर १६, २०७६ सोमबार
सडक डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख दिनेश अर्यालसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।