सुर्खेतमा प्रादेशिक शहीद स्मृति पार्कको निर्माण कार्य सुरु
गोरखापत्र अनलाइन ,
कार्तिक २६, २०७६ मंगलवार
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आठ करोड भन्दा बढी लागतमा शहीद स्मृति पार्क निर्माण कार्य थालिएको छ । प्रदेश प्राप्तिका लागि ज्यान गुमाएका कर्णालीका चार शहीदको स्मृतिमा कर्णाली प्रदेशको वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर ४ खोर्के भंगेरीचौरस्थित भैरम सामुदायिक वनको हाताभित्र शहीद स्मृति पार्कको निर्माण कार्य थालेको हो ।