समानता र स्वतन्त्रता लोकतन्त्रको मुख्य तत्व
गोरखापत्र अनलाइन ,
कार्तिक २३, २०७६ शनिबार
उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संविधान संशोधनको विकल्प नरहेको बताउनुभएको छ ।
संविधानमा सङ्घीय प्रणालीको उल्लेख गरिए पनि संविधानमा सङ्घीयताको गुण समेटन नसकिएको बताउँदै नेपालजस्तो बहुजातीय र बहुराष्ट्रिय मुलुकमा सबैको भावनालाई समेट्न संविधान संशोधनको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।