अंग्रेजलाई परास्त गर्ने वंशु गुरुङका सन्तान सिन्धुलीगढी विजयोत्सवमा सहभागी
गोरखापत्र अनलाइन ,
कार्तिक २४, २०७६ आईतवार
उपत्यकाका तीन राज्यलाई पृथ्वीनारायण शाहले आर्थिक घेराबन्दी गर्न थालेपछि आत्तिएका जयप्रकाश मल्ले इष्ट इन्डिया कम्पनीसँग सैनिक सहायता मागे । नेपालहुँदै तिब्बत छिर्ने बाटो खोजिरहेको इष्ट इन्डिया कम्पनीले कप्तान किनलकको नेतृत्वमा कान्तिपुरका राजा जयप्रकाशको सहयोगार्थ दुई हजार चार सय सेना पठायो ।