फूल आयातमा क्वारेन्टाइन परीक्षण
गोरखापत्र अनलाइन ,
कार्तिक ६, २०७६ बुधबार
सरकारले गुणस्तरहीन फूलको आयातमा रोक लगाउने उद्देश्यले फूलमा क्वारेन्टाइन परीक्षण सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कृषि विकास मन्त्रालयअन्र्तगत देशका विभिन्न नाकामा सञ्चालित प्लान्ट क्वारेन्टाइनका १४ वटा कार्यालयले विदेशबाट आयात हुने फूलमा रोक कीरा भए वा नभएको परीक्षणका लागि क्वारेन्टाइन परीक्षण सुरु गरेको हो ।