logo
२०८१ मंसिर ९ आईतवार



फलाम पिटेर धानिएको रामबहादुरको जिन्दगी

खुला |
प्रदेश |


फलाम पिटेर धानिएको रामबहादुरको जिन्दगी


बाबुराम शर्मा
चरीकोट, माघ ५ गते । दोलखाको शैलुङ गाउँपालिका फस्कुका स्थानीय एकजना दलित आफ्नो व्यवसाय सञ्चालन गर्न सदरमुकाम चरीकोट पस्नुभएको छ । परम्परागत बालीघरे प्रथाले जीवनयापन गर्न गाहे भएपछि बजार पस्नुपरेको स्थानीय रामबहादुर बिकले बताउनुभयो ।

“बजारमा सुधारिएको आरन व्यवसाय सञ्चालन गरेपछि माग धान्न धौधौ परेको छ । कोरोना पछि पसल खोलेकाले काम भ्याइनभ्याई छ” उहाँले भन्नुभयो । बाबु–बाजेका पालादेखि गरिएको बालीघरे प्रथाबाट जीविकोपार्जन हुन छोडेपछि रामबहादुरका भाइ पनि चरीकोटमै काम गरिरहनुभएको छ । अहिले तीन जना कामदार राखेर राम्रै आम्दानी भएको भाइ कुलबहादुर बिकले बताउनुभयो ।

पूर्वस्मरण गर्दै उहाँले भन्नुभयो, “बाबुका पालामा १६० घर त विष्ट थिए । बिहान ३ बजेदेखि राती ९ बजेसम्म खट्नुपथ्र्यो । केही दिन त राम्रै थियो । नौ वर्षको उमेरदेखि पुख्र्यौली पेसा गरियो, खासै केही गर्न सकिएन उहाँले भन्नुभयो ।

अहिले मेसिनबाट आधुनिक तरिकाले सामान बनाउँदा सजिलो हुनुकासाथै नगदै आउन पनि थालेको छ उहाँले भन्नुभयो । जीवनयापन गर्न सजिलो पनि भएको छ । उहाँले भन्नुभयो, “बीचमा गाउँमा यो पेसाले जीविकोपार्जन गर्न कठिन भएपछि आरो लगाउने, घरको गारो लगाउने, डोको बुन्नेलगायत काम गरे पनि अहिले आरन पेसाले नै राम्रो गरेको छ । यसलाई नै निरन्तरता दिने सोच बनेको छ ।”

“आफ्नो भएको जग्गाको अन्नबाट ६ महिना पनि खान पुग्दैन । अहिले झन गाउँमा बाँदरले खान बस्न दिएको छैन” रामबहादुरले थप्नुभयो, “सहरकेन्द्रित भएको १८ वर्ष भयो । यसबाटै घरखर्च, बच्चाहरुको पठनपाठन थेगेको छ । आपूmले पढन नपाएकाले छोराछोरीलाई पढ्न चाहेसम्म पढाउने सोचमा छु । पेसाले यति आँट दिएको छ ।”

तीन कक्षा पास गरेर चारमा जाँदा किताब किन्न नसकेर पढाइ छोड्नु परेको दुःखेसो सुनाउँदै उहाँले भन्नुभयो, “पढेको भए समसामयिक सीप सिकेर अहिले राम्रै व्यवसाय गर्थेँ होला । यस्ता दुःख त भोग्नु पर्दैनथ्यो । बाबुबाट सिकेको सीपलाई केही सुधारेर त गरेको छु । अझै राम्रो तालिम पाउन पाए आधुनिक सामान बनाएर राम्रो व्यवसायी बन्थे हुँला ।”

गाउँमा अहिले यो पेसा अपनाउन छोडिएको भएपनि आफूहरुले त्यही अङ्गालेको रामबहादुरको भनाई छ । सुधारिएको आरनबाट काम छिटोछरितो र फिनिसिङ पनि राम्रो भए पनि माग पूरा गर्न नसकिएको उहाँले बताउनुभयो । “अहिले त भ्याइनभ्याई भएको छ । राम्रै आम्दानी हुन पनि थालेको छ ।”

“वर्ष दिनको कति अन्न पाइएला भनेर कुर्नुपथ्र्यो, अहिले त दिनमा हजारभन्दा बढी रुपियाँ कमाइ हुन्छ” रामबहादुरले भन्नुभयो, “घर खर्च र बच्चाहरुको पढाइ खर्च व्यहोरेर बचत पनि हुन्छ ।” नोकरीभन्दा त यो पेसा कता हो कता राम्रो रहेको उहाँले खुशी व्यक्त गर्नुभयो । आप्mनै भएपछि न कसैको गाली, न डरत्रास उहाँले थप्नुभयो, “आनन्दसाथ व्यवसाय चलेको छ । बेला बेलामा भूकम्प, कोरोनाजस्ताले दुःख नदिए आम्दानी बढ्दै जाने लाग्छ ।”
“मासिक दुई हजार रुपियाँ भाडा तिरेर पनि काम दाम र नाम भएकाले धेरै खुसी लागेको छ । फलाम पिटेरै भए पनि जिन्दगी चलेको छ” रामबहादुरले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?