एक प्रतिशत बालबालिकामा जन्मजात अपाङ्गता
सरोज ढुङ्गेल
चैत्र २०, २०७८ आइतवार
जन्मजात अपाङ्गता हुने अटिजम समस्याबाट एक प्रतिशत नेपाली पीडित छन् । नेपालमा अटिजमको समस्या भएका बालबालिकाको आधिकारिक तथ्याङ्क नभए पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल जनसङ्ख्याको एक प्रतिशतमा अटिजमसम्बन्धी समस्या रहेको छ । सरकारीस्तरबाट पनि अटिजम समस्यालाई वास्ता गरिएको छैन ।