logo
२०८० चैत्र १६ शुक्रवार



राष्ट्रिय प्रशारण लाईनको अध्ययनका लागि बिज्ञ टोली हुम्लामा

खुला |
प्रदेश |


राष्ट्रिय प्रशारण लाईनको अध्ययनका लागि बिज्ञ टोली हुम्लामा


राजन रावत
हुम्ला, चैत १९ गते । नेपाल बिधुत प्राधिकरणको समन्वयमा परामर्सदाताको बिज्ञ टोली जिल्लामा आइपुुगेको छ । हालसम्म बिधुत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन नजोडिएका हिमाली जिल्ला हुम्ला र मुुगुुका लागि अध्ययन गर्न टोली हुम्ला आइपुुगेको हो ।

नेपाल बिधुत प्राधिकरण इन्जिनीयरिङ कम्पनीका समाजशास्त्री सुुबर्ण चन्दकाअनुसार हुुम्लाको चारवटा र मुुगुुको छायाँनाथ रारा नगरपालीको राष्ट्रिय प्रशारण लाईनको बाताबरणीय प्रभाव मुल्याङ्कन गर्न चार सदस्यीय टोली हुुम्ला आइपुुगेको हो ।

हुम्लाका चारवटा गाउँपालिकामा सिमकोट, खार्पुनाथ, सर्केगार्ड र चङ्खेली गाउँपालिका रहेका छन् । कम्पनीले पहिले गुुगलबाट अध्ययन गरेको र अब स्थलगत रुपमै अध्ययन गर्ने चन्दले बताउनुुभयो । टोलीले हुम्ला र मुुगुुका पाँचवटा स्थानीय तहका ३५ वटा वडासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ । जस अन्तर्गत शनिबार सिमकोट गाउँपालिका–५ का जनप्रतिनिधि र स्थानीयसँग छलफल गरेको थियो ।

टोलीसङ्ग स्थानीयले जतिसक्दो चाँडो प्रशारण लाईनको निर्माण कार्य अगाडि बढाउन माग गर्नुभएको छ । अध्ययनका लागि टोलीले अहिले ३५ दिन स्थलगत रुपमा अध्ययन गर्न समय लगाउने टोलीले भनेको छ । आउँदो असारसम्म आफ्नो बाताबरणीय प्रभाब मुल्याङ्कनको अन्तिम प्रतिबेदन प्राधिकरणलाई बुुझाउने टोलीले जनाएको छ ।

सम्भवतः आगामी आर्थिक वर्षबाट राष्ट्रिय प्रशारण लाईनको जडान कार्य सुुरु हुने चन्दले बताउनभयो । टोलीमा दुुई जना बाताबरण र एक जना बाटो बिज्ञ गरी चार जना रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?