logo
२०८१ बैशाख १४ शुक्रवार



पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

खुला |
प्रदेश |


पौडी खेल्न गएका युवकको डुबेर मृत्यु
फाइल तस्विर


बिष्णुप्रसाद पोखरेल
दमक, चैत १९ गते । झापाको दमक २ स्थित एक सिमसारमा पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु भएको छ । वडा २ का वडाध्यक्ष प्रजापती सापकोटाकाअनुसार सिपेनी सिमसारमा दिउँसो १ बजेतिर साथीसहित पौडी खेल्न जानुभएका दमक ५ का पुष्प राईका छोरा १९ बर्षिय रोहन राईको डुबेर मृत्यु भएको सापकोटाले जानकारी दिनुभयो ।

सिमसारमा पौडी खेल्नेक्रममा डुबेर हराउनु भएका राईको खोजतलासको क्रममा २ घण्टापछि शव भेटिएको सापकोटाले बताउनुभयो । पौडी खेल्ने गएका साथीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । यसभन्दा अघि पनि त्यहाँ डुबेर एक जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?