अवैध मदिरासहित १८ वटा मोटरसाइकल नियन्त्रणमा
गोरखापत्र अनलाइन
चैत्र ११, २०७८ शुक्रबार
अवैधरूपमा भारत निकासी गर्न लागेको तीन लाखभन्दा बढी मुख्य बराबरको मदिरासहित १८ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनकनन्दनी गाउँपालिका–१ इनर्वास्थित सीमा क्षेत्रबाट विभिन्न ब्राण्डका अवैध मदिरासहित १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।