logo
२०८१ बैशाख ८ शनिवार



जनजाति महासङ्घको अध्यक्षमा शेर्पा

खुला |
समाज |


जनजाति महासङ्घको अध्यक्षमा शेर्पा



काठमाडौं, चैत ११ गते । नेपाल आदिवासी जनजाति महासङ्घको १० औं महाधिवेशनले गेल्जे शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवलपुरको कावासोतीमा चैत १० गते सम्पन्न महाधिवेशनबाट ५६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा बुद्ध घर्ती, उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भीर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा (ढोक्या), लहरु जिमी, श्रृति कुमाल, महासचिवमा दिवश राई निर्वाचित हुनुभएको छ ।

समितिको उप–महासचिवमा रामकृष्ण लामा, सचिवहरुमा मङ्गलराम दराई, गोविन्द लामा ह्योल्मो, मोहन राजवंशी, विकास सुरेल, ममता मेचे, छोर्गेल लामा, यमुना छन्त्याल, भद्रकुमारी बरामु निर्वाचित हुनुभएको छ । यसैगरी, कोषाध्यक्षमा विमल सारुमगर र सह–कोषाध्यक्षमा रिदार नोसाङ भोटे निर्वाचित हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?